काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले बिहीबार संसदमा संसदीय दलका नेता रामबहादुर थापाले गरेको सम्बोधनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
पाण्डेका अनुसार, संसदमा प्रस्तुत ‘षड्यन्त्र’ का लामा कथाहरू पुरानो र अप्रासंगिक राजनीतिक शैलीको उदाहरण हुन् ।
उनले भनेका छन्, ‘सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो सबै दोष अरूमा मात्रै लगाइन्छ । तर हामी पनि दोषी छौँ । यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार छैन भन्ने दृष्टिकोण पुरानो ‘राष्ट्रवादी’ राजनीति हो ।’
उनले अबको वास्तविक राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो र अन्य सबै मुद्दा व्यक्तिगत एजेन्डा मात्रै भएको बताए । पाण्डेले कार्यकर्तालाई आफ्नो कमजोरी लुकाएर अतिवादी विचारप्रति धकेल्न नहुने चेतावनी दिएका छन् ।
त्यसैगरी, भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन आवश्यक रहेको बताए । उनले भने, ‘हाम्रो राजनीति जनताको आकांक्षासँग मेल खाँदैन भन्ने यथार्थलाई बेवास्ता गर्नु हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया