काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार पाण्डेले ५१४ मत प्राप्त गरी विजयी भएका हुन् । जबकि उनका प्रतिस्पर्धी आङदोर्जी लामा ४१३ मतमा रोकिए थिए ।
साथै वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत प्राप्त गरी विजयी भएका छन्। महासचिवमा भने पाण्डे प्यानल बाहिरका उम्मेदवार शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी बलिभद्र राना ३८० मतमा रोकिएका छन् ।
यसैसँग निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व आगामी कार्यकालका लागि चयन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया