किन बोलायो एमालेले सचिवालयको आकस्मिक बैठक ?

लोकपथ
301
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको पहिलो बैठकमा नेता रामबहादुर थापा ‘बादल’ले दिएको अभिव्यक्तिपछि पार्टीभित्र विवाद बढेपछि आकस्मिक रूपमा बैठक बोलाइएको हो ।

बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । एमालेका नेताहरू विष्णु पौडेल, गोकर्ण विष्ट र योगेश भट्टराईले बादलको अभिव्यक्ति पार्टीको नीति र संसदीय मर्यादाविपरीत भएको भन्दै आलोचना गरेका छन् ।

उपाध्यक्ष पौडेलले आजको बैठकमा यस विषयमा गम्भीर छलफल हुने र आवश्यक निर्णय लिइने बताएका छन् । बादलको अभिव्यक्तिका कारण एमालेभित्र आन्तरिक असन्तुष्टि बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?