काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
सत्तारुढ गठबन्धनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रतिनिधिसभाका सदस्यहरूले सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्न सक्नेछन् । उम्मेदवारी संसद् सचिवालय, सिंहदरबारमा दर्ता गरिनेछ ।
दिउँसो साढे २ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।
दर्ता भएका प्रस्तावहरू आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले पेस गर्ने र समर्थकले समर्थन गर्नेछन् ।
त्यसपछि सामूहिक छलफलपछि सभामुख चयनका लागि निर्णयार्थ प्रस्तुत गरिनेछ ।
यसैबीच, राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि भने चैत २३ गते निर्वाचन हुने तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया