आन्दोलनहरू कसैको वरदान नभई हजारौँको बलिदानको उपज हो : महन्थ ठाकुर

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था बदल्न नसकेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै ठाकुरले राष्ट्रिय गानको भावना र देशको यथार्थबीच ठूलो खाडल रहेको औंल्याएका हुन् । उनले नेपालको सार्वभौमसत्ता बाहिर गएको त छैन ? भन्दै प्रश्न गरे । नेपालको राजनीतिक इतिहासको चर्चा गर्दै ठाकुरले वि.सं. १९९७ देखि २००७, २०१७, २०३६, २०४६ हुँदै २०६२/६३ सम्मका आन्दोलनहरू कसैको वरदान नभई हजारौँको बलिदानको उपज भएको बताए ।

समानता, स्वतन्त्रता र राष्ट्रियताका लागि संघर्ष गरेको भएपनि व्यवहारमा त्यो नदेखिएको ठाकुरको तर्क छ । अधिकार माग्नेहरूलाई ‘अलगाववादी’ भनिएकोमा आपत्ति जनाउँदै उनले सत्तामा बस्नेहरूले आफ्नो कुर्सी खतरामा पर्दा मात्र राष्ट्रियताको नारा लगाउने गरेको आरोप समेत लगाए ।

मुलुकमा गणतन्त्र आएपनि पुराना शक्तिहरू अझै लुकिछिपी सक्रिय रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?