काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखको लागि पार्टी उपसभापति डिपी अर्यालको नाम प्रस्ताव गरेको लछ ।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उपसभापति अर्यालको नाम सभामुखका लागि प्रस्ताव गरेको हो ।
आजको बैठकमा सभापति रवि लामिछानेले अर्यालको नाम सभामुखका लागि प्रस्ताव गरेका थिए । बैठकले उनको नाम सर्वसम्मत पारित गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछाने ज्यूले प्रस्ताव गर्नु भयो र बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ,’ उनले भने ।
त्यसो त रास्वपाको प्रतिनिधि सभामा एक झण्डै दुई तिहाइ मत रहेका कारण अर्याल नै सभामुख बन्ने पक्का देखिन्छ । त्यसो त उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने व्यवस्था रहेका कारण अन्य दलबाट उपसभामुख चयन हुनेछ ।
चैत २२ गते सभामुखको निर्वाचनका लागि बैठक बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया