काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दलित समुदायसँग माफी मागेका छन् ।
आज बसेको संसदको पहिलो बैठकमा सम्बोधन गर्दै सभापति लामिछानले आजसम्म दलित समुदायमाथि अन्याय गरेको भन्दै माफी मागेका हुन् ।
उनले निर्वाचनका सन्दर्भमा आफ्ना पार्टीका अहिले निर्वाचित खगेन्द्र सुनारले माफी मागेको कुरा उल्लेख गर्र्दै सो विषयमा माफी मागेका हुन् ।
‘गल्ती गरेको हो कि होइन भन्ने अन्योल हुँदा खगेन्द्र सुनारहरुले माफी मागे । खगेन्द्र सुनारहरुमाथि युगौयुगसम्म गरिएको अन्यायका लागि हामीले माफी माग्यौँ ?,’ उनले भनेका छन्, ‘यो देशको दलित समुदायलाई मैले आज सार्वजनिक क्षमा याचनाका साथ केही भन्नु पर्नेछ । यो सरकार शताब्दीऔँदेखिको अन्यायको, अत्याचारको इतिहाससँग पहिलोपटक सार्वजनिक माफी माग्दैछ त्यो पनि यो सदनबाट ।’
त्यस्तै आजसम्म दलित समुदायमाथि गरिएको गल्ती केवल सामाजिक गल्ती मात्र नभएर संगठित अपराध रहेको उनको दाबी रहेको छ ।
‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन्, संगठित अपराध थियो । यो देश किन बनेन थाहा छ, किनकी जसको हातमा सीप थियो, उनीहरुलाई हामीले अछुत मान्यौँ,’ लामिछानेले भने ।
त्यस्तै अब कसैले पनि जातका नाममा भेदभाव भोग्न नपर्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया