मतदाताको गुन जिम्मेवारीसाथ तिर्नेछौँ : रवि लामिछाने

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मतदाताको विश्वास र समर्थनको मूल्य बुझ्दै त्यसको गुन जिम्मेवारीसाथ तिर्ने प्रतिज्ञा गरेका छन् ।

आज प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै लामिछानेले जनताको आभार व्यक्त गर्नु मात्र पर्याप्त नभएको बताए ।  

उनले भने, ‘म जनतालाई आभार मात्रै प्रकट गर्दिनँ। यो रोष्ट्रमबाट प्रतिज्ञा गर्छु ।  यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?