काठमाडौं । नयाँ निर्वाचित संसद्को पहिलो संयुक्त संसदीय दलको बैठकमा नेपाली कांग्रेसले सरकारको जनपक्षीय कामहरूलाई समर्थन गर्ने तर विधि र कानुन मिच्ने कुनै प्रयास भए कडा रूपमा सचेत गराउने निर्णय गरेको छ ।
राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको आगामी भूमिका र सांसदहरूको सक्रियताबारे जानकारी दिएका हुन् ।
उनले भने, ‘नेपाली कांग्रेसका सांसदहरूले आफ्नो भूमिकालाई सक्रियतापूर्वक प्रस्तुत गर्नेछन् । सरकारले ल्याउने हरेक कदम जनताका पक्षमा भए समर्थन गरिनेछ, तर कानुन मिच्ने वा देश र जनता अहित हुने काम भए सचेत गराइनेछ ।’
बैठकमा संसदमा पार्टीको प्रभावकारी उपस्थितिलाई कसरी सुनिश्चित गर्ने, र जनताका तत्कालीन समस्या संसदमा कसरी उठाउने भन्ने विषयमा पनि विस्तृत छलफल भएको रोकायले बताए ।
संसदीय दलले आगामी दिनमा आफ्नो साझा धारणा र रणनीतिबाट संसदमा भूमिका निर्वाह गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया