संसदको पहिलो बैठकमै एमालेको अवरोध

लोकपथ
413
Shares

काठमाडौं । नेकपा एमालेले संसदको पहिलो बैठकमै अवरोध गरेको छ ।

आजबाट सुरु भएको बैठकमा एमालेले बैठकको सुरुमै विभिन्न माग राखेर अवरोध सिर्जना गरेको हो ।

जेष्ठ सदस्य अर्जुननरसिंह केसीले एमालेलाई शान्त वातावरणमा पहिलो बैठक चल्न दिन आग्रह गरे । तर एमालेका सांसदहरु उठेर विरोध जनाएका हुन् ।

जेष्ठ सदस्य केसीले एमालेका तर्फबाट गुरु बराललाई बोल्न समय दिएका थिए ।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइको माग गरे । साथै उनीहरु पक्राउको विरोधमा सडकमा निस्किँदा सांसदहरु समेत घाइते भएको भन्दै दोषीमाथि कारबाहीको माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?