संसदको पहिलो बैठकमा कसले कति मिनेट बोल्नेछन् ?

लोकपथ
665
Shares

काठमाडौं । आजबाट संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुँदैछ ।

दिउँसो २ बजेका लागि संघीय संसदको संयुक्त बैठक आह्वान गरिएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका तर्फबाट नेताहरुले सम्बोधन गर्ने तयारी रहेको छ ।

संघीय संसद सचिवालयले तयार पारेको सूची अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन् । उनलाई २५ मिनेट समय दिइएको छ । रविलाई ४० मिनेटको समयको सुविधा दिइएको भए पनि उनले आफूलाई २५ मिनेटको समय भए पुग्ने बताएपछि सोही अनुसार व्यवस्था मिलाइएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट भीष्मराज आङ्दाम्बेले १० मिनेट सम्बोधन गर्नेछन् । उनलाई ८ मिनेट समय दिइएकोमा २ मिनेट थपेर १० मिनेट दिइएको छ ।

यता नेकपा एमालेबाट रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् । उनलाई ८ मिनेटको समय दिइएको छ ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट वर्षमान पुन ‘अनन्त’ले सम्बोधन गर्नेछन् । उनलाई ७ मिनेटको समयको सुविधा दिइएको छ ।

यता श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ बोल्नेले बोल्नेछन् । उनलाई ७ मिनेटको समय दिइएको छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र शाही’ ले सम्बोधन गर्नेछन् । उनलाई ७ मिनेटको समय दिइएको छ ।

यता स्वतन्त्र सांसद डा. महावीर पुनले ७ मिनेट बोल्नेछन् ।

केहीबेरमा संसदको संयुक्त बैठक सुरु हुँदैछ । आजको बैठकमा प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सभा सञ्चालन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?