इनिसा विक हत्या प्रकरण : २७ दिनपछि परिवारले बुझ्दै शव, आजै अन्त्येष्टि गरिने

लोकपथ
385
Shares

काठमाडौं । सुर्खेतमा मृत फेला परेकी १६ वर्षीया इनिसा विकको शव २७ दिनपछि परिवारले बुझ्ने भएका छन् । बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा उनको दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

इनिसा फागुन २३ गते वीरेन्द्रनगर–१ मा मृत अवस्थामा भेटिएकी थिइन् । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सुरुमा शंकास्पद मानिएको यो घटनालाई पछि बलात्कारपछि हत्या भएको आशंकामा थप गहिरो अनुसन्धान गरिएको हो ।

घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयस्तरमा विरोध प्रदर्शन पनि भएका थिए । पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण र अन्य तथ्य संकलन गर्न समय लागेकाले शव अस्पतालमै राखिएको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्र परिवारले शव बुझ्न सहमति दिएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?