काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो २ बजे बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने कार्यसूची तय गरिएको हो ।
फागुन २१ पछिको निर्वाचनपछि बस्न लागेको प्रतिनिधिसभाको यो पहिलो बैठक हो ।
पार्टीका प्रवक्ता मनिष झाले सभापति लामिछानेले समसामयिक राजनीतिक अवस्था र पार्टीको धारणा बैठकमा प्रस्तुत गर्ने तयारी गरिएको जानकारी दिए ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा दलीय आधारमा सांसदहरूले आफ्ना मन्तव्य राख्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया