मन्त्री प्रतिभा रावलले सुरु गरिन् सहकारीपीडितसँग प्रत्यक्ष छलफल

लोकपथ
63
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका सहकारी पीडितसँग प्रत्यक्ष संवाद सुरु गरेकी छन् ।

सरकारले आगामी सय दिनभित्र साना सहकारीका बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित काम अघि बढाइएको हो ।

आज बिहानैदेखि मन्त्रालयमा भेला भएका पीडितहरूले मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखेका छन् । लामो समयदेखि बचत फिर्ता नपाउँदा आर्थिक दबाबमा परेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका छन् ।

छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताइन् । उनले भनिन्, ‘पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ ।’

सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्ताहरूलाई राहत दिने योजनामा केन्द्रित रहेको पनि मन्त्री रावलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?