यात्रुलाई अनावश्यक दुःख दिनेमाथि प्रहरीको ‘एक्सन’, ४८ जना पक्राउ

लोकपथ
630
Shares

काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई तानातान गरी अनावश्यक दुःख दिनेमाथि प्रहरीले एक्सन लिन थालेको छ । 

उपत्यकाका विभिन्न ठाउँका बस टिकट काउन्टरमा काम गर्ने व्यक्तिले बस तथा अन्य सवारी साधन  चढी उपत्यका बाहिर जान लागेका यात्रुलाई अनावश्यक रूपमा तानातान गरेको गुनासोपछि प्रहरीले त्यस्ता कार्यमा संलग्न ४८ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरी वृत्त कालीमाटी, प्रहरी प्रभाव गोंगबु र मातहतका प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार, कलंकीबाट २४ जना, बल्खु क्षेत्रबाट १९ जना र बसपार्कबाट ५ जनालाई पक्राउ गरिएको हो । उनीहरूमाथि अभद्रको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?