३६ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

लोकपथ
126
Shares

काठमाडौं ।  नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको हो । 

अघिल्लो दिन २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको  सुनको मूल्य आज  ३६ सय  रुपैयाँले घटेर  २ लाख  ९४ हजारमा कारोबार भएको महासंघले जनाएको छ । 

 त्यस्तै आज  चाँदीको मूल्य पनि घटेको छ ।   महासंघका अनुसार आज चाँदी प्रतितोला  १६५ रुपैयाँले घटेको हो । अघिल्लो दिन ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १६५ रुपैयाँले घटेर ४ हजार  ७८० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?