राजश्व चुहावट रोक्न उच्चस्तरीय बैठक बस्दै

लोकपथ
567
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजश्व चुहावट रोक्न उच्चस्तरीय बैठक बोलाएका छन् । बैठक आज बिहान ११ बजे अर्थ मन्त्रालयमा बस्नेगरि बोलाएको हो । 

बैठकमा अर्थमन्त्रीको अध्यक्षतामा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, राजश्व प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू सहभागी हुनेछन् । 

बैठकमा मुख्य रूपमा राजश्व छली र चोरी रोकथाम, पैठारी नियन्त्रण र कानुनको प्रभावकारी कार्यान्वयनबारे छलफल हुने बताइएको छ । अर्थमन्त्री वाग्लेले यस विषयमा महत्त्वपूर्ण निर्देशन दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?