बहराइनमा अमेजनको डाटा सेन्टरमा इरानी मिसाइल प्रहार, सबै सेवा ठप्प

लोकपथ
644
Shares

काठमाडौं । पश्चिम एसियामा जारी तनावका बीच इरानले बहराइनस्थित टेलिकम कम्पनी ‘बटेलको’को मुख्यालयमा ड्रोन तथा मिसाइल आक्रमण गरेको छ ।

उक्त भवनबाट विश्वकै ठूलो क्लाउड सेवा ‘अमेजन वेब सर्भिसेज (AWS)’ सञ्चालन हुँदै आएको बताइएको छ । आक्रमणपछि AWS सेवा प्रभावित हुँदा कर्पोरेट नेटवर्क, बैंकिङ प्रणाली र एयरलाइन रिजर्भेसन प्रणालीमा अवरोध आएको जनाइएको छ ।

बहराइनको गृह मन्त्रालयले घटनाको पुष्टि गर्दै सिभिल डिफेन्स टोलीहरू आगो नियन्त्रणमा जुटेको जनाएको छ । तर क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।

यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (IRGC) ले अमेरिकी प्रविधि कम्पनीहरूलाई निसाना बनाउन सकिने चेतावनी दिएको थियो ।

अमेजनले भने क्षेत्रीय संकटका कारण आफ्ना सेवाहरू सुरक्षित स्थानतर्फ सार्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?