प्रधानमन्त्री बालेनलाई रूसका प्रधानमन्त्रीको बधाई

लोकपथ
35
Shares

 काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई दिएका छन् ।

रूसी प्रधानमन्त्री मिशुस्टिनले बुधबार प्रधानमन्त्री शाहलाई सन्देश पठाउँदै रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा बधाई व्यक्त गरेका हुन् ।

सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाल–रूस सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हितका आधारमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

उनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोगका क्षेत्र विस्तारमा टेवा पुग्ने उल्लेख गरेका छन् ।

यहाँस्थित रूसी राजदूतावासका अनुसार मिशुस्टिनले द्विपक्षीय सहकार्य दुवै देशको दीर्घकालीन हितमा हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि तथा सफल कार्यकालको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?