के अब शनिबार र आइतबार विद्यालय बिदा हो ?

लोकपथ
0
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । बुधबार एकाएक एउटा अफवाहपूर्ण सूचना भाइरल भयो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले शनिबार मात्रै दिइँदै आइरहेको बिदामा पुनरावलोकन गरेको भन्दै उक्त पत्र भाइलर बन्यो । पत्र अनुसार अब शनिबार मात्र होइन आइतबार पनि विद्यालय बिदा हुने उल्लेख गरिएको थियो ।

तर शिक्षा मन्त्रालयले उक्त पत्र फर्जी रहेको भन्दै खण्डन गरेको छ ।

बुधबार साँझ विज्ञप्ति नै जारी गरेर मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले त्यसबारेमा कुनै सत्यता नभएको प्रष्ट पारे ।

मन्त्रालयले सार्वजनिक गरेको पत्रमा भनिएको छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?