काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल चयन भएका छन् ।
केहीबेरअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बादल एमाले संसदीय दलको नेतामा चयन भएका हुन् । यता एमालेका युवा नेता एवं इलाम क्षेत्र नं २ बाट निर्वाचित सुहाङ नेम्वाङले दाबी गरेका थिए । तर उनको पक्षमा प्रस्ताव र समर्थक नै नभेटिएपछि बादल सर्वसम्मत भएका हुन् ।
यता महासचिव शंकर पोखरेलले अडान नछाडेका सुहाङलाई मनाउने प्रयास गरेका थिए । तर सुहाङले अडान नछाडे पनि कोही पनि नेता उनको पक्षमा खुल्न नचाहेपछि बादल दलको नेता बनेका हुन् ।
बादल १० वर्षे सशस्त्र माओवादी द्धन्द्धमा सक्रियतापूर्वक लागेका नेता हुन् । उनी ०७७ सालमा नेकपा विभाजनपछि आफ्नो पूरानो लिगेसी माओवादी छाडेर एमालेतिर लागेका थिए ।
यता एमाले नेताहरुले भने सुहाङलाई समर्थन गर्नुपर्ने भन्दै अडान कायम राख्दै आइरहेका थिए ।
गत निर्वाचनमा बादल समानुपातिबाट सांसद बनेका थिए ।
आफ्नो पक्षमा प्रस्ताव र समर्थक नै नभेटिएपछि सुहाङले अन्तिम अवस्थामा उम्मेदवारी झिकेका हुन् ।
एमाले अहिले प्रत्यक्षमा ९ समानुपातिकमा १६ सिट जितेर २५ सिटसहित संसदको तेस्रो शक्ति बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया