एमाले संसदीय दलको नेतामा जुटेन सहमति, बादल र सुहाङबिच प्रतिष्पर्धा

लोकपथ
287
Shares

काठमाडौं । गत निर्वाचनमा संसदको तेस्रो शक्ति भएको नेकपा एमालेमा संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ ।

आज बसेको संसदीय दलको नेता चयनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो ।

पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र केन्द्रीय सदस्य सुहाङ नेम्वाङबिच प्रतिष्पर्धा हुने भएको हो ।

सुरुवातबाटै बादलले दाबी गरिरहेका थिए । तर अधिकांश पदाधिकारीहरुले भने सुहाङलाई नै अघि सार्नुपर्ने माग रहँदा उनी अघि आएका हुन् ।

बादल तत्कालीन माओवादी पृष्ठभूमीका कारण पनि अधिकांश पदाधिकारी उनको पक्षमा सकारात्मक रहेका छैनन् ।

आज बसेको संसदीय दलको बैठकमा सांसदमा पराजित भएका महासचिव शंकर पोखरेल तथा उपाध्यक्ष विष्णु पौडेल समेत सहभागि रहेका थिए । संसदीय दलको नेता चयनमा सर्व सहमति कायम गर्न खोजिएको थियो, तर दुवैले आ–आफ्नो अडान नछाडेपछि निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?