ललितपुर जिल्ला अदालतमा खाजा खाने समयमा पनि सेवा

लोकपथ
147
Shares

काठमाडौं । ललितपुर जिल्ला अदालतले अबदेखि खाजाको समय ‘ब्रेक’ मा पनि सेवाग्राहीलाई सेवा दिने भएको छ ।

अदालतको प्रशासन शाखाले सूचना जारी गर्दै कर्मचारीलाई खाजा समयमै पनि सेवा प्रवाह निरन्तर राख्न निर्देशन दिएको हो ।

यसअघि अदालतमा कार्यरत कर्मचारीका लागि आइतबारदेखि बिहीबारसम्म दिउँसो १ः३० देखि २ः३० बजेसम्म र शुक्रबार १ः०० देखि २ः०० बजेसम्म खाजा समय तोकिएको थियो । उक्त अवधिमा सेवा प्रवाह आंशिक रूपमा प्रभावित हुँदै आएको थियो ।

यस निर्णयसँगै सेवाग्राहीले अब अदालतबाट सेवा लिन खाजा समय कुर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?