एकैदिन ७४ सयले बढ्यो सुन, चाँदी के भयो ?

लोकपथ
119
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेको हो  ।  

 मंगलबार २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७४ सयले बढेर २ लाख ९७ हजार  ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

 त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार  आज चाँदी प्रतितोला १०० रुपैयाँले बढेको हो । 

अघिल्लो दिन ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?