रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु

लोकपथ
84
Shares

काठमाडौं । रुसको सैन्य विमान एएन–२६ मंगलबार क्रिमियामा दुर्घटनाग्रस्त भएको छ । २३ यात्री र ६ चालक दलका सदस्य सवार रहेको विमान दुर्घटनामा सबैको घटनास्थलमै मृत्यु भएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

प्रारम्भमा विमानसँग सम्पर्क विच्छेद भएको र पछि चट्टानमा ठोक्किएर दुर्घटना भएको पाइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार प्राविधिक खराबी दुर्घटनाको सम्भावित कारण हुनसक्ने अनुमान गरिएको छ ।

एएन–२६ सोभियतकालीन सैन्य विमान हो र १९६९ मा पहिलो उडान भरेको हो । यो मुख्यतयाः सैनिक, हतियार र अन्य सामग्री ओसार्न प्रयोग गरिन्छ । साना र कच्चा रनवेबाट पनि उडान भर्न सक्ने भएकाले दुर्गम र युद्ध क्षेत्रहरूमा बढी प्रयोग हुन्छ ।

विमानको डिजाइन ५० वर्षभन्दा पुरानो भएकाले सुरक्षासम्बन्धी प्रश्नहरू समय–समयमा उठ्दै आएका छन् । हाल धेरै देशहरूले यो विमान प्रयोग गरिरहे पनि आधुनिक विमानहरूले क्रमशः यसको स्थान लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?