हवाई इन्धनको मूल्य झन्डै दोब्बर बढ्यो

लोकपथ
238
Shares

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानको इन्धनको मूल्य झन्डै दोब्बर बढाएको छ ।

निगमको मंगलबारको प्रेस विज्ञप्तिअनुसार, आन्तरिक उडानको हवाई इन्धन प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ, काठमाडौंमा प्रति किलोलिटर इन्धनको मूल्य ९६६ अमेरिकी डलरबाट १,७८५ डलर पुगेको छ। पोखरामा ८०१ डलरबाट १,७३२ डलर र भैरहवामा ७८९ डलरबाट १,७१६ डलर पुर्‍याइएको छ ।

नयाँ मूल्य समायोजनले हवाई यात्राको भाडा र सञ्चालन खर्चमा असर पर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?