सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

लोकपथ
112
Shares

 काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले अब कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण अवकाश पाएपछि मल्लले यो जिम्मेवारी लिएकी हुन् । मल्ल कानुन व्यवसायी पृष्ठभूमिबाट आएकी न्यायाधीश हुन् ।

राउतले वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष काम गरेका थिए । उनी विसं २०८१ असोज २० मा प्रधानन्यायाधीश बनेका थिए । ६५ वर्षे उमेर हद पुगेपछि उनले अवकाश पाए । मंगलबार मल्लले नै उनलाई बिदाइ गरेकी थिइन् ।

नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरि फुयाँल, डा. मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

संवैधानिक व्यवस्था अनुसार, प्रधानन्यायाधीश अवकाश पाउनुभन्दा एक महिना अगाडि नै नयाँ नाम सिफारिस गर्नुपर्छ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?