मुगुसहित आसपासका जिल्लामा भूकम्पको धक्का

लोकपथ
28
Shares

काठमाडौं । मुगु जिल्लामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति २ बजेर २२ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु मुगुको धैनकोट क्षेत्रमा रहेको जनाइएको छ ।

भूकम्पको धक्का मुगुसहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो । हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?