दुईदेखि तीन हप्ताभित्र इरानबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको घोषणा

लोकपथ
175
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य अपरेसन छिट्टै अन्त्य गरिने बताएका छन् ।

उनले आगामी दुईदेखि तीन हप्ताभित्र अमेरिकी सेना त्यहाँबाट फिर्ता हुन सक्ने संकेत गरेका हुन् ।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले आफ्नो प्रशासनले इरानसँग वार्ता र सैन्य कारबाही दुवैलाई समानान्तर रूपमा अघि बढाइरहेको बताए ।

इन्धनको मूल्यवृद्धिबारे सोधिएको प्रश्नमा ट्रम्पले अमेरिका इरानबाट बाहिरिएपछि परिस्थिति सुधार हुने र तेलको मूल्य पनि घट्न सक्ने बताएका छन् ।

उनले अमेरिकाले आफ्नो उद्देश्य लगभग पूरा गरिसकेको दाबी गर्दै करिब दुई हप्ताभित्र अपरेसन समाप्त गरी सेना फिर्ता बोलाइने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?