काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।
उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज अपराह्न उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय विज्ञान राई, काठमाडौंका ३१ वर्षीय सञ्जय राजवाहक र ३६ वर्षीय विमल तामाङ, रामेछापका ३५ वर्षीय रमेश कार्की, धादिङका ३६ वर्षीया कल्पना लम्साल र नुवाकोटका ३९ वर्षीय उद्धव खनाललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुबाट एक लाख २२ हजार नगद र ५३ थान बिलबुकसमेत बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया