नेपाली कांग्रेसको संस्थापन इतर पक्षको केन्द्रीय समिति बैठक जारी

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादबिच संस्थापन इतर पक्ष (पूर्व सभापति शेरबहादुर देउवा समूह) ले बोलाएको केन्द्रीय समिति बैठक काठमाडौंमा जारी छ ।

बैठकलाई पूर्व सभापति देउवा निकट नेता तथा कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले अध्यक्षता  गरेका हो । 

बैठकमा तीन वटा मुख्य एजेन्डामा छलफल भइरहेको बताइएको छ । यो बैठक निर्वाचन आयोगले विशेष महाधिवेशनपछिको नेतृत्वलाई वैधानिकता दिए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा देउवा–कोइराला समूहले समानान्तर गतिविधि अघि बढाएको सन्दर्भमा आएको हो । 

नेपाली कांग्रेसमा हाल गगन थापा नेतृत्वको पक्ष र देउवा–खड्का–कोइराला पक्षबिच आधिकारिकता र पार्टी संरचनाको विषयमा विवाद छ । 

संस्थापन इतर पक्षले यो बैठकलाई पार्टीको एकता र भावी रणनीति तय गर्न महत्त्वपूर्ण मानिरहेको छ । बैठकमा सहभागी नेताहरूले पार्टीको वर्तमान अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी कार्यक्रमबारे छलफल गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?