हलचोकमा गृहमन्त्री गुरुङ, सीमानामा हुने तस्करी रोक्न निर्देशन

लोकपथ
350
Shares

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) को मुख्यालय हलचोकको निरीक्षण गरेका छन् ।

मंगलबार गृहमन्त्री गुरुङ एपीएफको मुख्यालय निरीक्षण र नेतृत्वसँग छलफलका लागि हलचोक पुगेका थिए ।

बैठकमा विशेष गरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो । सम्भावित विपद् जोखिमलाई न्युनिकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ ।

साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय गरिएको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?