काठमाडौं । नेपाली कांग्रेसको वर्तमान संस्थापन इतरको बैठक बसेको छ । धुम्बाराहीस्थित एक होटलमा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक बसेको हो ।
पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केहीबेरअघि बैठक बसेको हो । बैठकको अध्यक्षता पूर्णबहादुरले गरेका छन् भने बैठकमा डा. शेखर कोइराला समूहका नेताहरुको समेत सहभागिता रहेको छ ।
डा. शेखर कोइराला, शंशाक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायतका १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि केही समय चुप बसेको देउवा समूह पछिल्ला दिनहरुमा सक्रिय बन्न थालेको छ । सभापति थापाको नेतृत्वमा कांग्रेसले कामकारबाही गरिरहँदा देउवा समूहले समेत समानान्तर गतिविधि गर्न थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया