सिंहदरबारमा सुदूरपश्चिमका सांसदहरुसँग बालेनको छलफल

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुसँग भेटघाटलाई निरन्तरता दिएका छन् ।

सोमबारबाट प्रदेश वाइज सांसदहरुलाई बालेनले भेट गरिरहेका छन् । सोमबार कर्णाली र कोशी प्रदेशका सांसदहरुसँग भेटेका बालेनले बुधबार पनि भेटघाटलाई निरन्तरता दिएका हुन् ।

आज सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुसँग भेट गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री बालेनले सम्बन्धित क्षेत्रका सांसदसँग त्यहाँको समस्या, समाधानका उपाय, सम्भावना र सरकारलाई सुझाव माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?