काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले गरेका कामप्रति आफूले नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारका गतिविधिलाई हेरेर, बुझेर आवश्यक परे प्रश्न उठाउने र आलोचना गर्ने अधिकार नागरिकलाई भएको बताए ।
उनले भनेका छन्, ‘यदि प्रतिपक्षले सरकारको कार्यको चेक एन्ड ब्यालेन्सका लागि प्रश्न गर्दैन भने कसले गर्ने हो ? सरकारले गरेका कामलाई हेरेर, बुझेर त्यसलाई प्रश्नसहितको आलोचना पनि गर्न पाइन्छ । विरोध गर्न पनि पाइन्छ । राम्रो काम भयो भने समर्थन पनि गर्ने हो ।
उनले राम्रो कामको समर्थन र गलत कामको विरोध गर्नु नै जिम्मेवार नागरिकको भूमिका भएको उल्लेख गरे ।
साम्पाङले सरकारका सबै कामलाई अन्धाधुन्ध स्वीकार नगर्ने स्पष्ट पार्दै आवश्यक परे आलोचनात्मक रूपमा प्रस्तुत हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया