नेकपा एमालेको सचिवालय बैठक सुरु

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । 

अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि पार्टीले दोस्रो पटक बैठक बोलाएको हो । 

बैठकमा ओलीको तत्काल रिहाइ, विरोध कार्यक्रमको थप रणनीति तथा कानुनी तथा राजनीतिक कदमबारे छलफल हुने बताइएको छ । 

बैठकले यसअघि नै अध्यक्ष ओलीको रिहाइको माग गर्दै देशभर प्रदर्शन, जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, जनता तथा नागरिक समाजसँग सहकार्य गर्ने लगायतका कार्यक्रम तय गरेको थियो । 

आजको बैठकमा यी कार्यक्रमको समीक्षा र थप निर्णय हुन सक्ने बताइएको छ । बैठकमा सचिवालय सदस्यहरू उपस्थित छन् भने अध्यक्ष ओलीको कुर्सी खाली राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?