काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आफ्ना कार्यालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा रोकिएको छ ।
मन्त्रालयका अनुसार, वातावरण संरक्षण, सफाइ प्रवर्द्धन र दिगो विकासमा योगदान पुर्याउने उद्देश्यले यो निर्णय लिइएको हो ।
प्लास्टिकको अत्यधिक प्रयोगले वातावरणमा नकारात्मक असर पार्ने भएकाले अब वैकल्पिक र वातावरणमैत्री सामग्री प्रयोग गर्न प्रोत्साहित गरिने छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले यो निर्णयले सरकारी कार्यालय र सरोकारवाला पक्षहरूलाई पनि सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया