उत्तर–पूर्वी चीनमा भवन भत्किँदा ७ जनाको मृत्यु

लोकपथ
63
Shares

काठमाडौं । उत्तर–पूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा एक भवन आंशिक रूपमा भत्किँदा ७ जनाको मृत्यु भएको छ ।

हेलिन शहरको हेलिन टाउनमा भएको उक्त दुर्घटनामा ९ जना भग्नावशेषमा फसेका थिए ।

उद्धार टोलीले २ जनालाई जीवितै निकालेर अस्पताल पठाएको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।

अन्य ७ जनाको भने मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?