काठमाडौं । अर्जेन्टिनाको सान्ता फे प्रान्तस्थित सान क्रिस्टोबाल शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा १३ वर्षीय विद्यार्थीको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार बिहान करिब ७ बजेतिर भएको घटनामा १५ वर्षीय एक विद्यार्थीले शटगनबाट गोली चलाएका थिए । गोली लागेर गम्भीर घाइते भएका १३ वर्षीय विद्यार्थीको ज्यान गएको हो ।
घटना विद्यालय परिसरमा झण्डोत्तोलन समारोहका लागि विद्यार्थीहरू भेला भइरहेका बेला भएको जनाइएको छ । सोही क्रममा विद्यालयका एक कर्मचारीले आक्रमणकारीलाई नियन्त्रणमा लिई हतियार समेत कब्जामा लिएका थिए ।
घाइते भएका आठै जनाको अवस्था अहिले खतरामुक्त रहेको अधिकारीहरूले बताएका छन् ।
सान्ता फे प्रान्तका अधिकारीहरूले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया