काठमाडौं । यातायात कार्यालयबाट एकैदिन १५ जना बिचौलियाहरु पक्राउ परेका छन् ।
सोमबार बिहान साढे ११ बजेको समयमा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सात दोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
यातायात कार्यालय एकान्तकुनामा आएका सेवाग्राहीहरुले गरेको गुनासोका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।
प्रहरीले स्वीप अपरेशन सञ्चालन गरी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रहरी बृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया