काठमाडौं । नेकपा एमालेले आज पनि राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै एमालेका भ्रातृ संगठनहरुले लगातार प्रदर्शन जारी राखेका हुन् ।
प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सरकार विरोधी नारा लगाउँदै अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको आरोप लगाएका छन् ।

उनीहरुले ‘अध्यक्ष ओलीलाई तत्काल रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् । अध्यक्ष ओलीलाई बिना शर्त रिहा नगरिएसम्म आन्दोलन नरोकिने उनीहरुको भनाइ छ ।
एमालेले यो आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया