सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते

लोकपथ
77
Shares

काठमाडौं । सुडानको दक्षिण कोर्डोफान राज्यको डिलिङ शहरमा अर्धसैनिक बल ‘र्‍यापिड सपोर्ट फोर्सेस’ र त्यसको सहयोगी समूहले गरेको ड्रोन आक्रमणमा १४ जनाको मृत्यु भएको छ ।

त्यस्तै उक्त आक्रमणमा परेर अन्य २३ जना घाइते भएका छन् । उक्त आक्रमणमा मारिनेहरूमा पाँच बालबालिका र दुई महिला रहेको बताइएको छ ।

घाइतेहरूमध्ये सात जना बालबालिका रहेका छन् । उक्त समूहले मेडिकल कर्मचारी र सामग्रीको चरम अभावका बीच शहरमा लगातार दोस्रो दिन पनि तीव्र गोलाबारी भइरहेका बेला यो आक्रमण भएको जनाएको छ । यसैबिच, सुडानी सशस्त्र बलले शहरमा भएको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?