सुनचाँदी दुवैको भाउ घट्यो, कतिमा भइराखेको छ कारोबार ?

लोकपथ
371
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदी दुवैको भाउ घटेको छ । हिजो आइतबार प्रतितोला पाँच हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार पाँच सय रुपैयाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज सोमबार चाँदी प्रतितोला चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?