काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सोमबार सुनुवाइ हुँदैछ ।
गैरकानुनीरूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीका तर्फबाट राधिका शाक्यले र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएका थिए ।
घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनकै आधारमा बालेन्द्र शाह सरकारले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई शनिबार पक्राउ गरेको थियो ।
आइतबार जिल्ला अदालतले उनीहरू दुवै जनालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद दिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया