काठमाडौं । इरानले कुवेतको एक ‘पावर डिसेलिनेसन प्लान्ट’ मा गरेको आक्रमणमा परी एक जना भारतीय नागरिकको मृत्यु भएको हो । मृतकको नाम सार्वजनिक गरिएको छैन ।
कुवेतको विद्युत् तथा जल मन्त्रालयले ‘पावर डिसेलिनेसन प्लान्ट’ मा भएको आक्रमणमा एक भारतीय कामदारको मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयले सोशल मिडिया प्लेटफर्म ‘एक्स’ मार्फत भनेको छ, ‘आक्रमणबाट प्लान्टमा ठूलो क्षति भएको छ । अत्यावश्यक सेवा सुचारुका लागि प्राविधिक टोली काम गरिरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया