काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तह र उच्च शिक्षा तहमा भर्ना प्रक्रिया प्रारम्भ भन्दा अघि प्रवेश परीक्षा तयारी इन्ट्रान्स प्रिपिअरेसन कक्षा तथा ब्रिज कोर्स नलिन निर्देशन दिएको छ ।
धेरै शैक्षिक संस्थाहरुले परीक्षा भन्दा अघि इन्ट्रान्स र ब्रिज कोर्सहरु दिँदै आइरहेका थिए । उक्त कार्यक्रमहरुले विद्यार्थीहरुमा थप आर्थिक भार पर्न जाने भन्दै मन्त्रालयले त्यसलाई रोक्न निर्देशन दिएको हो ।
शुक्रबार मन्त्रीस्तरबाट सो निर्णय भएको भन्दै त्यसलाई आगामी वैशाख १ गतेबाट लागू हुने गरी रोक्न निर्देशन दिइएको हो ।
यदी त्यस्ता कार्यक्रमहरु सञ्चालन भए नभएको अनुगमन गर्ने र यदी सो कार्यक्रमहरु सञ्चालन भएमा कानुन बमोजिम कारबाही गरिने समेत बताइएको छ ।
‘…यस्ता कार्यक्रमहरु सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया