काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले आफूहरुमाथि व्यापक दमन गरेको भन्दै आपत्ति जनाएका छन् ।
पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले शनिबारबाट आन्दोलन गरिरहेको छ ।
आन्दोलनका क्रममा केही एमाले कार्यकर्ता घाइते समेत भएका छन् ।
माइतीघर–बबरमहल–बानेश्वर क्षेत्रमा प्रहरी र आन्दोलनकारीबिच व्यापक घम्साघम्सी भएसँगै पूर्वमन्त्री समेत रहेका बस्नेतले थप प्रतिरोध गर्ने बताए ।
उनले सोमबार दिउँसो १ बजे माइतीघरमा विशेष प्रदर्शन गर्ने समेत बताए ।
‘आन्दोलनको दोस्रो दिन पनि वर्तमान निरंकुश र अधिनायकवादी बालेन सरकारले व्यापक दमन गर्दै प्रदर्शनकारीहरूलाई गिरफ्तार गरेको छ । भोलि दिउँसो १ बजे माइतिघर मण्डलामा नेकपा एमाले राजधानी प्रदेशको आयोजनामा विशेष प्रदर्शन हुँदैछ । उक्त कार्यक्रममा सहभागी बनौँ,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया