ओली र लेखकलाई रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

लोकपथ
84
Shares

काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

आइतबार ओली र लेखकलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्चमा बन्दी बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको हो ।

शनिबार बिहान ओली गुण्डु र लेखक कटुञ्जेबाट पक्राउ गरेका थिए ।

जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

दुवैलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?