काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ ।
पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम पार्टीले जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको हो ।
अध्यक्ष ओलीको विरोधमा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउन माग गरेको छ । एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासन विपरीत गरिएका कदम तत्काल सच्याउँदै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको बताए ।
उनले जेनजी आन्दोलन जाँचबुझ आयोगको विवादित प्रतिवेदन खारेज गरी निष्पक्ष र स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने तथा घटनासँग सम्बन्धित सम्पूर्ण पक्षको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने समेत बताए ।
उनले नागरिक अधिकार र स्वतन्त्रताको रक्षा गर्न सरकार जिम्मेवार हुनुपर्ने समेत उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया