प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा अशुल गर्ने महिला पक्राउ

दाङ, २४ कात्तिक- प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१५ जानकी टोल बस्ने २३ वर्षीया जानकी वली रहेकी छन् दङ्गीशरण गाउँपालिका–७ की २० वर्षीया अनिता योगी र सोही ठाउँका २१ वर्षीय विजयराज विकबाट प्रतिव्यक्ति रु एक लाख ५० हजार लिई ठगी गरेको भन्ने प्रहरीमा जाहेरी आएपछि बिहीबार वलीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले बताए । वलीविरुद्ध ठगी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?